एमालेकाे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलकाे बैठक आव्हान

 संवाददाता    २०८३, २५ भाद्र बिहीबार १४:१९     19 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेकाे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलकाे बैठक बोलाइएको छ।

बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए।

प्रतिवेदन लेख्न गत असार २३ गतेपछि कार्यदलकाे बैठक पहिलोपटक बस्न लागेको हो।

महासचिवसमेत रहेका कार्यदलका सदस्य-सचिव शंकर पोखरेलले ६५ पृष्ठको प्रतिवेदन तयार पारेका थिए।

जसमा अध्यक्ष केपी शर्मा ओलीले चुनावी पराजयको जिम्मा लिँदै मार्गप्रशस्त गर्नुपर्ने, पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्नेलगायत सुझाव दिइएको छ।

तर त्यसप्रति असन्तुष्ट रहेका ओलीले प्रतिवेदन पुनर्लेखन गर्न कार्यदल संयोजक एवं वरिष्ठ उपाध्यक्ष रामबहादुर थापालाई निर्देशन दिएका थिए।