प्रधानमन्त्री शाहले आज राष्ट्रियसभामा विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रस्तुत गर्ने

 संवाददाता    २०८३, ९ भाद्र मंगलवार १२:०२     16 जनाले पढ़िसके



Spread the love

संघीय संसद् अन्तर्गत आजको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले एएटा विधेयक प्रस्ताव गर्ने कार्यसूची छ।

‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रधानमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची राष्ट्रिय सभाको छ।

मंगलबार बिहान १०ः१५ बजेदेखि नै राष्ट्रिय सभाको बैठक बसिरहेको छ।

आज बस्ने तय भएको प्रतिनिधिसभाको बैठक भने भोलि बस्नेगरी स्थगित भएको संसद् सचिवालयले जनाएको छ।