रोल्पाको सुनछहरीमा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता

 संवाददाता    २०८३, २९ श्रावण शुक्रबार १३:४८     18 जनाले पढ़िसके



Spread the love

रोल्पामा फेरि पहिरोमा परेर तीन जना बेपत्ता भएका छन्।

सुनछहरी गाउँपालिका- २ फलबाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

आज बिहान सवा ८ बजेतिर स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरेको हो।

पुरिएको घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनी घर्ती मगर र छिमेकी लली घर्ती मगर बेपत्ता छन्।

पहिरोले पुरिएको घरमा उनीहरू हराइरहेका प्रहरीले जनाएको छ।

यसबिच रोल्पाकै सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ।

यो घरमा मानविय क्षति भयो/भएन खुलेको छैन। घटनाको थप विस्तृत विवरण आउन बाँकी छ।

हिजो मात्रै रोल्पाको थबाङ गाउँपालिका–५ उवा कोटलबारामा पहिरोमा परेर १० जनाको मृत्यु भएको थियो भने ३ जना बैपत्ता छन्।