नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका छन्।
शुक्रबार सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यस उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बन्ने व्यवस्था रहेको छ। उनी नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। नेकपाका २० र एमालेका ११ सांसद छन्।
