लघुवित्तको ऋणपीडितले माइतीघरमा गरे आत्मदाहको प्रयास

 संवाददाता    २०८३, २७ श्रावण बुधबार १६:१७     0 View



Spread the love

माइतीघर मण्डलामा जारी लघुवित्त पीडितहरुको प्रदर्शनका क्रममा एक पीडितद्वारा आत्मदाह प्रयास गरेका छन् । उनलाई प्रहरीले उद्धार गरेको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ बस्ने करिव ४५–५० वर्षका नथुरी मुखियाले आफ्नो शरीरमा मट्टीतेल खन्याएर आत्मदाह प्रयास गरेका हुन् ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार प्रहरीले तत्कालै उद्धार गरी उनलाई वीर अस्पताल पुर्‍याएको छ ।

उनले आँखा पोल्यो भनेको र सोही उपचारका लागि अस्पताल लगिएको एसपी थापाले बताए ।

आगोले शरीरको माथिल्लो भागमा सामान्य जलनजस्तो देखिएको, तर खतरामुक्त रहेको उनले बताए ।