राष्ट्रिय सुरक्षा परिषद् बैठक बसाल्दै प्रधानमन्त्री बालेन

 संवाददाता    २०८३, १४ श्रावण बिहीबार १०:४६     22 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान ११ः३० बजे बैठक बस्न लागेको हो।

बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।

पछिल्लो समयमा सुनसरीमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुनसरीसहितका जिल्लामा सामाजिक सद्भाव विथोलिने गतिविधि सुरु भएपछि सरकार दबाबमा परेको छ।

राष्ट्रिय सुरक्षा परिषद्‍मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति र रक्षा सचिव रहने व्यवस्था छ।