तीन मन्त्रीसहित ६ जना रास्वपाको केन्द्रीय सदस्य बने

 संवाददाता    २०८३, १३ श्रावण बुधबार १५:३७     87 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी केन्द्रीय समिति बैठकअघि ६ जना सदस्यले शपथ लिएका छन्।

तीन मन्त्रीसहित ६ जनालाई सभापति रवि लामिछानेले शपथ खुवाएका हुन्।

आज शपथ लिनेमा शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरीसहित नेताहरू यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने र विनीता कठायत रहेका छन्।

यसअघि शपथ कार्यक्रममा उनीहरू छुटेकाले आज बैठकअघि शपथ लिएका हुन्।