सेयरबजार ओरालो, कारोबार रकमसमेत घट्यो

 संवाददाता    २०८३, १३ श्रावण बुधबार १५:५३     19 जनाले पढ़िसके



Spread the love

सेयरबजारमा ७.७९ अंकको गिरावट आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक उक्त अंकले घटेर २६८८.८८ विन्दुमा झरेको हो। यस दिन कारोबारमा पनि संकुचन देखिएको छ।

कुल ९७ लाख कित्ता किनबेचमा ४ अर्ब २ करोडको मात्र कारोबार भएको छ। बुधबार ७८ वटा सेयर अधिकतम १४.९९ प्रतिशतसम्मले बढ्दा १ सय ८६ वटा सेयर भने अधिकतम ६.६० प्रतिशतसम्मले घटेका छन्।

११ वटाको मूल्य भने स्थिर छ। यस दिन कुल २२ करोडसम्मको सर्वाधिक कारोबार भएको छ। नेप्सेका अनुसार १३ मध्ये सामूहिक लगानी समूह र अन्य समूह बढ्दा बाँकी सबै घटेका छन्।