उद्घाटनकै दिन नागढुंगा सुरुङमार्गमा स्थानीयको प्रदर्शन

 संवाददाता    २०८३, ११ श्रावण सोमबार ११:२१     24 जनाले पढ़िसके



Spread the love

नागढुंगामा सुरुङमार्गको उद्घाटनको तयारी हुँदै गर्दा स्थानीयले विरोध गरेका छन्।

सुरुङ मार्गको उद्घाटन अहिले केही बेरमा हुँदैछ।

बिहानैदेखि स्थानीयले विभिन्न माग राखेर कालो झण्डा,प्लेकार्ड, ब्यानरसहित विरोध प्रदर्शन गरेका हुन्।

नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको आह्वानमा भएको प्रदर्शनमा सयौँ स्थानीयको सहभागीता छ।

संघर्ष समितिले सुरुङमार्ग स्थलमा आकाशेपुल यथाशिघ्र निर्माण गर्नुपर्ने, सडकपेटी फराकिलो गर्नुपर्ने, सुरुङमार्ग निर्माण आयोजनाका पीडित स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको व्यवस्था गर्नुपर्ने, सुरुङमार्ग स्थलको फ्लाईओभरको नाम ‘किसिपिडी फ्लाईओभर’ कायम गर्नुपर्ने लगायतका काग अघि सारेका छन्।