इरानविरुद्ध निर्णायक सैन्य कदम चाल्ने तयारीमा अमेरिका

 संवाददाता    २०८३, ८ श्रावण शुक्रबार ११:०८     0 View



Spread the love

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठुलो आक्रमण गर्न तयारी भइरहेको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘तयारी पूरा भएको छ, अब निर्णय गर्न मात्र बाँकी छ।’

ट्रम्पले इरानले अझै भनेजति पीडा नभोगेको टिप्पणी पनि गरेका छन्।

ट्रम्पको भनाइप्रति इरानले पनि तुरुन्तै प्रतिक्रिया जनाएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले भनेका छन्, ‘यदि अमेरिकाले आफ्नो आक्रमण जारी राख्यो भने उसले ठुलो मूल्य चुकाउनुपर्नेछ।’

उनले अगाडि भनेका छन्, ‘युद्ध अन्त्य गर्ने बाटो वार्ता हो, नयाँ आक्रमण होइन।’

यसैबिच बेलायतले पनि आफ्नो सेनालाई सतर्कतामा राखेको छ।

बेलायती सरकारले आवश्यक परेमा आफ्नो सेना देशको रक्षा गर्न तयार रहेको बताएको छ।

यसअघि इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले अमेरिकालाई बेलायती सैन्य अड्डा प्रयोग गर्न दिइयो भने बेलायत पनि आफ्नो निसानामा पर्ने चेतावनी दिएको थियो।