सुन र चाँदी दुवै महँगिए, लगातार दोस्रो दिन मूल्य वृद्धि

 संवाददाता    २०८३, ११ श्रावण सोमबार ११:२७     42 जनाले पढ़िसके



Spread the love

हिजो तोलामा १ हजार ६ सय बढेको सुनको भाउ आज थप बढेको छ।

सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँ बढेर २ लाख ८८ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलाको २ लाख ८७ हजार १ सय थियो।

गएको शुक्रबार तोलामा ५ हजार ८ सय घटेको सुनको भाउ आइतबार र सोमबार लगातार बढेको हो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेर ४ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ बढेर ४ हजार ४ सय १० रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।