प्रधानमन्त्री निवास अगाडि पुगेका निहारिका र बिनु प्रहरी नियन्त्रणमा

 संवाददाता    २०८३, ७ श्रावण बिहीबार १२:०५     21 जनाले पढ़िसके



Spread the love

प्रहरीले आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास क्षेत्रबाट २ महिलालाई नियन्त्रणमा लिएको छ।

विरोध प्रदर्शन गर्न प्रधानमन्त्री निवास क्षेत्रमा पुगेका निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

निषेधित क्षेत्र तोडेकाले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

घरेलु हिंसामा परेको र अदालतमा विचाराधीन मुद्दा छिटो सुनुवाइ हुनुपर्ने माग गर्दै निहारिका र बिनुले केही दिनदेखि आन्दोलन गरिरहेका छन्।