सुन–चाँदीको भाउमा निरन्तर वृद्धि, आज पनि नयाँ मूल्य कायम

 संवाददाता    २०८३, ७ श्रावण बिहीबार १२:०७     21 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य बढेको छ।

सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ९१ हजार ३ सय पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ बढेर २ लाख ९१ हजार पुगेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर तोलाको ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।