पानीट्यांकीभित्र निसासिएर दाङमा दुई जनाको दुःखद मृत्यु

 संवाददाता    २०८३, ६ श्रावण बुधबार १२:५६     17 जनाले पढ़िसके



Spread the love

दाङको तुलसीपुरमा बन्दै गरेको घरको पानी ट्यांकीमा २ जनाको निसासिएर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-६ रजौरामा यो घटना भएको हो ।

मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगे पनि अक्सिजन कम भएको स्थान भएकोले शव निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

स्थानीयका अनुसार उनीहरूमध्ये एक ठेकेदार र एक श्रमिक हुन् ।