सिक्किमको नाम्ची जिल्लाको समरदुङमा निर्माणाधीन सुरुङ भत्किँदा फसेकामध्ये अहिलेसम्म आठ जनाको शव निकालिएको छ।
बीबीसी हिन्दीका अनुसार एनएचपीसीको टिस्टा जलविद्युत् परियोजना (चरण ६) अन्तर्गतको सुरुङको एक भाग सोमबार भत्किएर प्रवेशद्वार बन्द भएको हो।
नाम्ची जिल्लाका उपायुक्त अनुपा ताम्लिङले भनेकी छन्, ‘सम्बन्धित विभागबाट प्राप्तजानकारी अनुसार सुरुङभित्र कम्तीमा २५ जना फसेको आशंका गरिएको छ। उद्धार टोलीले फसेका कामदारहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।’
उनका अनुसार सुरुङभित्र फसेका कामदारहरू धेरै गहिराइमा छन् र अक्सिजनको अभाव र ग्यास चुहावटको समस्या छ।
उनले थपिन्, ‘उद्धार टोलीले हरसम्भव प्रयास गरिरहेका छन्, तर अवस्था अत्यन्तै कठिन छ।’