भारतको ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेलाई दिल्ली प्रहरीले हिरासतमा लिएको छ। उनले संसद्मा उपस्थित सबै सांसरूलाई सडकमा उत्रिएका विद्यार्थीहरूको समर्थनमा तुरुन्तै उभिन अपील गरेका छन्।
सीजेपीका समर्थकहरू सोमबार संसद् भवन नजिक पुगेका थिए। प्रदर्शनकारीहरूले संसद्मा प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षा बढाइएको छ। मुख्य ढोका बन्द गरिएको छ।
प्रहरीले प्रदर्शनकारीहरूलाई रोक्न अश्रुग्यास प्रहार गरेको थियो। जतिबेला संसद् बैठक चलिरहेको थियो।