बिहीबार आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टिका लागि परिवारले शव बुझेको छ । अहिले पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी भइरहेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जनाएका छन् ।
त्यसअघि उनको परिवारले ज्यानसम्बन्धी महलमा घटनाको अनुसन्धान माग गर्दै प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएका छन् । उक्त जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाइएको एसपी भट्टराईले बताए । तर, जाहेरीमा कसैलाई पनि प्रतिवादी किटान गरिएको छैन ।
अनुसन्धानबाटै प्रतिवादी पहिचान हुने भट्टराईले बताए । उक्त अनुसन्धानमा प्रहरीको विभिन्न टोली खटिएका छन् ।