क्यानडाको टोरन्टोमा आयोजित एक महोत्सवमा शनिबार राति अन्धाधुन्ध गोली प्रहार गरिँदा दुई जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार राति ८:१२ बजे सेन्ट क्लेयर एभिन्युमा साल्सा महोत्सव चलिरहेका बेला गोली चलाइएको हो।
प्रहरी घटनास्थल पुग्दा ६ जना घाइते अवस्थामा फेला परेका थिए। यीमध्ये दुई जनालाई प्रहरीले मृत घोषणा गरेको छ।
प्रहरीले घटनास्थल घेराउ गर्दै मानिसहरूलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।
प्रहरीका अनुसार अहिलेसम्म आक्रमणकारीहरूलाई पक्राउ गर्न सकिएको छैन।
ओन्टारियोका प्रमुख कार्यकारी डग फोर्डले साल्सा महोत्सवमा भएको हिंसाको निन्दा गर्दै दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘दोषीलाई पक्राउ गरिनुपर्छ। कानुनअनुसार सजाय दिइनुपर्छ।’