संसदीय प्रक्रिया सिकाउन सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम

 संवाददाता    २०८३, १५ असार सोमबार १२:१८     11 जनाले पढ़िसके



Spread the love

प्रतिनिधिसभाका सांसदहरूलाई संघीय संसद् सचिवालयले प्रशिक्षण दिएको छ । संसद भवनभित्रको सभा हलमा भोलिसम्म प्रशिक्षण चल्ने संसद सचिवालयले जनाएको छ ।

संसदीय प्रशिक्षण शाखाले दिइरहेको यस प्रशिक्षणमा संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराइने छ ।

नवनिर्वाचित सांसदमा संसदीय प्रक्रिया, अभ्यास साथै नियमबारे जानकारीको अभावमा सदनमा परिपक्वता नदेखिएको भन्दै टिप्पणी भइरहेको बेला संसद सचिवालयले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।