प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक आज (असार ७ गते) एउटै मञ्चमा देखिँदै छन्।
चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशनमा उनीहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन्।
यसअघि रास्वपा महाधिवेशनमा कांग्रेसबाट उपसभापति पुष्पा भुसाललाई सहभागी गराउने निर्णय गरेका सभापति थापाले आज बिहान मात्रै अचानक निर्णय परिवर्तन गर्दै उनी आफैँ चितवन आएका हुन्।
रास्वपा महाधिवेशनका लागि रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन र कांग्रेस सभापति थापा आज बिहान मात्रै चितवन आइपुगेका हुन् भने रास्वपा सभापति लामिछाने शनिबारदेखि नै उता छन्।
चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित रास्वपाको महाधिवेशन प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछाने आज दिउँसो २ बजे संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।