ट्रक आवागमनका लागि हटाइयो रास्वपाको प्रवेशद्वार

 संवाददाता    २०८३, ७ असार आईतवार १२:२६     14 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टीको स्वागत गेटका कारण उचाइ नपुगेर रोकिएका ट्रक केहीबेरअघि चितवनबाट पठाइएको छ ।

हिजो दिउँसो २ बजेदेखि टिकौली जङ्गलमा रास्वपाको स्वागत गेट छिचोल्न नसकेर रोकिएका ५ वटा ट्रक केही समयअघि गन्तव्य पठाइएको चितवनको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ती ट्रक चितवनकै कुरिनटारमा रहेको बाह्रसिंगे वियरको लागि ट्यांकर लिएर आएका थिए । टिकौलीको गेट सारेर पार गरिए पनि भरतपुरको वडा नम्बर १ मा रहेको सडक डिभिजन कार्यालयको गेट पनि कट्न नसकेपछि गाडी पास हुन समय लागेको थियो ।

चितवनका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर अनिल थापाका अनुसार केही बेरअघि मात्रै गाडीलाई गन्तव्यतर्फ पठाइएको हो । सडक डिभिजनसँग समन्वय गरेर क्रेनले सडकको बोर्ड हटाएपछि कुरिनटारतर्फ पठाइएको बताए ।

हिजोदेखि पाँचवटा गाडी टिकौली जंगलबाट फर्काएर रत्ननगरको निपनी चोकमा पार्किङ गरेर राखिएको थियो । प्रहरीले रास्वपाको महाधिवेशन सकिएपछि मात्रै पठाउने बताएको थियो । ट्रक रोकिएको विषयमा सामाजिक सञ्जालमा आलोचना बढेको थियो ।