संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ।
बिहीबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक- २०८३ अन्तर्गत प्रधानमन्त्रीको कार्यालय, विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय लगायत विभिन्न शिर्षकहरूमाथि छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जबाफ दिने कार्य सूची छ।
आज विनियोजन विधेयक- २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको विभिन्न शीर्षकमा २० जना सांसदले गरेको खर्च कटौती प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।
हिजोको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले सोधका प्रश्नको जबाफ सम्बन्धित मन्त्रीहरूले दिएका थिए।
हेर्नुहोस् आजको बैठकका सम्भावित कार्यसूची
