नेकपाका नेता नारायणकाजी श्रेष्ठले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। भारतले लिएको नीतिको कारणबाट नेपालको चिया उद्योग बन्द हुन थालेपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले भनेका छन्,‘भारतले लिएको नीतिको कारणबाट नेपालको चिया उद्योगहरू बन्द हुने गरी देखा परेको वर्तमान संकटको समाधान गर्न तत्काल भारत सरकारसँग वार्ता गरी सकारात्मक समाधान निकाल्न सरकारसँग जोडदार अनुरोध गर्दछु।
चिया उद्योगमा देखिएको संकटले नेपालको अर्थतन्त्र, रोजगारी र निर्यात व्यापारमा ठुलो धक्का पुग्ने भएकाले सरकारले यस विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिई तत्काल भारतीय पक्षसँग वार्ता वार्ता गर्नुपर्ने उनको भनाइ छ।