कर्णाली सभापति पदमा रास्वपाभित्र तीन जनाको दाबी

 संवाददाता    २०८३, १ असार सोमबार १५:२४     103 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको सभापतिका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ।

सोमबार प्रदेश सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक भरतप्रसाद (बीपी) दाहालले जानकारी दिए। प्रदेश सभापतिका लागि वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेत (एनके) ले उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयन दर्ता गर्ने निर्धारित समयसम्म तीन जनाको मात्रै उम्मेदवारी परेको दाहालले बताए। पहिलो चरणमा सदस्य र सभापति पदका लागि मनोनयन दर्ता खुल्ला गरिएको थियो।

अन्य पदका लागि दोस्रो चरणमा मनोनयनको लागि प्रक्रिया थालिने निर्वाचन समिति संयोजक दाहालले बताए।