अस्ट्रेलियाको सिड्नीस्थित क्रोयडन पार्कमा २०२५ अक्टोबरमा भएको गोलीकाण्डका बेला देखाएको बहादुरीका लागि नेपाली मूलका एनएसडब्ल्यू प्रहरी अधिकृतलाई राष्ट्रिय वीरता पुरस्कार प्रदान गरिएको छ।
अक्टोबर २८ बुधबार क्यानबेरामा आयोजित एक समारोहमा ‘पुलिस फेडरेसन अफ अस्ट्रेलिया’ले बर्वुड प्रहरी क्षेत्र कमान्डमा कार्यरत नेपाली मूलका वरिष्ठ हवलदार विकास भारतीलाई ‘राष्ट्रिय वीरता पुरस्कार २०२६’ले सम्मान गरिएको हो।

सन् २०२५ अक्टोबर ५ मा भएको गोलीकाण्डका बेला घटनास्थल पुग्ने पहिलो अधिकृतमध्ये भारती एक थिए। जहाँ उनले आफ्ना एक कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका थिए भने घाइते एक सर्वसाधारणलाई सहयोग गरेका थिए।
पुरस्कार ग्रहण गर्दै भारतीले भने, ‘सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया आउँदा मैले यस्तो सम्मान पाउने कल्पनासमेत गरेको थिइनँ।’
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले संघीय संसद्मा समेत भारतीको साहसको प्रशंसा गरे।