खुश्वु ओलीको टिप्पणी: चीनबारे प्रधानमन्त्रीको भनाइ तथ्यहीन

 संवाददाता    २०८३, १७ जेष्ठ आईतवार १५:५८     0 View



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद खुस्वु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहले चीनका विषयमा दिएको अभिव्यक्ति कमजोर रहेको बताएकी छन्।

आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले सासदसँगको प्रश्नोत्तरका क्रममा चीनको विकासको उदाहरण दिएका थिए। जुन भनाइ कुटनीति मयार्दा विपरीत भएको ओलीको भनाइ छ।

‘प्रधानमन्त्रीले यहाँ आएर जवाफ दिनुभयो। धेरै अमूर्त। यसमा केही गम्भीर प्रश्नहरू थिए, उहाँले सम्बोधन गर्न सक्नुभएन, विर्सनुभयो,’ उनले भनिन, ‘उहाँले चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो। जुन गलत भयो कि?’