आजको मौसमः केही क्षेत्रमा वर्षा, तराईमा हुरी–बतासको चेतावनी

 संवाददाता    २०८३, १७ बैशाख बिहीबार १०:४७     14 जनाले पढ़िसके



Spread the love

हाल (बिहीबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको छ। अनि कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुका साथै देशको पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव छ।

आज यस्तो छ मौसम/वर्षाबारे प्रक्षेपण:

दिउँसो : कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बादल लाग्ने साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। देशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

राति : देशको हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने र र तराईमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिएका छन्।

‘आज पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ’, बिहीबार बिहान उनले भने।