आज पनि सुनचाँदीकै मूल्य घटेको छ। विगत तीन दिनदेखि सुनचाँदीकै मूल्य लगातार घट्दै आएको छ।
सुनको भाउ आज तोलामा १८ सय रुपैयाँ घटेर २ लाख ९२ हजार ७०० मा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलाको ३ हजार रुपैयाँ घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो।
गएको मंगलबार पनि सुनको मूल्य तोलामा ३ हजार नै घटेको थियो। तीन दिनमा सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटिसकेको छ।
गएको आइतबार सुनको भाउ तोलामा २७ सय र सोमबार तोलामा १३ सय रुपैयाँ बढेको थियो।
गत साताको बुधबार, बिहीबार र शुक्रबार पनि सुनको भाउ घटेको थियो। सुनको भाउ शुक्रबार तोलाको २२ सय, बिहीबार १८ सय र बुधबार आठसय रुपैयाँ घटेको थियो।
त्यसैगरि आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँ घटेर तोलाको ४ हजार ८१० रुपैयाँमा झरेको छ।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।