ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य

 संवाददाता    २०८३, १६ बैशाख बुधबार १३:१७     12 जनाले पढ़िसके



Spread the love

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानले प्रतिस्पर्धा गरिरहेका छन्।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा ओमानले नेपाललाई ३०६ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ थालेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन जोड्यो।

कप्तान जतिन्दर सिंहले शतकीय पारी खेले। उनले ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रन जोडे।

यस्तै, जितेन रमानन्दीले ४३, आर्यान बिश्टले ३५, हम्माद मिर्जाले ३०, विनायक शुक्ला र आशिष ओडेदाराले २३–२३ रन जोडे।

बलिङतर्फ नेपालका सोमपाल कामीले चार विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए।