उत्तर प्रदेशको गाजियाबादस्थित इन्दिरापुरमस्थित ग्रिन एभिन्यु सोसाइटीमा बुधबार भीषण आगलागी भएको छ।
बीबीसी हिन्दीका अनुसार बिहान ८:३० बजेतिर सुरु भएको आगलागीले धेरैवटा फ्ल्याट सखाप पारेको छ।
१५ तले भवनको ९औँ तलाबाट आगो सुरु भएको थियो माथिल्ला तलासम्म फैलिएको थियो।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै स्थानीय रोहितले भने, ‘आगलागीबाट लगभग १०-१२ फ्ल्याट जलेका छन्। विद्युतीय समस्या भएको हुन सक्छ। मलाई पूर्ण जानकारी छैन।’
अर्का स्थानीय मीराले भनिन्, ‘आगो ९औँ तलाबाट १३औँ तलासम्म फैलिएको थियो। बिहान ८:३० बजेतिर सुरु भएको आगलागी अझै निभाइएको छैन। यो माथिल्लो तलासम्म पुगेको छ।’
उनले थपिन्, ‘९औँ तलामा रंगरोगन गर्ने काम भइरहेको थियो। त्यहाँ सर्ट सर्किट भयो, जसले गर्दा एसी विस्फोट भयो। कोही घाइते भए कि भएनन्, मलाई थाहा छैन।’