राष्ट्रपतिले आज अध्यादेशबारे कानुनी राय–सुझाव संकलन गर्ने

 संवाददाता    २०८३, १७ बैशाख बिहीबार १०:४४     21 जनाले पढ़िसके



Spread the love

सरकारले पेस गरेका अध्यादेशहरूका सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग छलफलको तयारी गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार दिउँसो ४ बजे छलफलका लागि कानुनविद्हरूलाई राष्ट्रपति कार्यालयमा बोलाएका हुन्।

छलफलमा महान्यायाधिवक्तासँगै संवैधानिक कानुनका जानकारहरूलाई खबर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

बालेन शाह नेतृत्वको सरकारले संसद्लाई छलेर ६ वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गरेको छ। जसको विपक्षी दलसहित संविधानविद्हरूले बिरोध गरिरहेका छन्।

राष्ट्रपति कार्यालयले भने सरकारले पेस गरेका अध्यादेशहरू अध्ययनकै चरणमा रहेको जनाएको छ।

अध्यादेश जारी गर्ने कि नगर्ने भन्ने निर्णय लिनुअघि राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श लिन लागेका राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

सरकारले अध्यादेशमार्फत् ४० भन्दा धेरै कानुन संशोधनको तयारी गरेको छ।