कान्छाराम तामाङमाथि कांग्रेसको कारबाही, जिल्ला सभापतिबाट निलम्बन

 संवाददाता    २०८३, १६ बैशाख बुधबार १६:०९     0 View



Spread the love

नेपाली का‌ग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई निलम्बन गरेको छ ।

कांग्रेसको अनुशासन समिति बैठकले अनुशासन उल्लघंनको कसूरमा स्पष्टीकरण सोधेकोमा उनले पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै निलम्बन गरेको हो ।

सोही विषय स्पष्टीकरण सोधिएपनि उनले दिएको जवाफ चित्तबुझ्दो र सन्तोषजनक नभएकाले अनुशासन उल्लघंन कसूरमा निर्णय नहुन्जेल निलम्बन गरिएको कांग्रेसले जनाएको छ ।

पूर्वकावा सभापति पूर्णबहादुर खड्काको हकमा भने सर्वोच्च अदालतबाट फैसलापछि स्पष्टीकरणको औचित्य नभएको कांग्रेसको ठहर छ ।