अध्यादेशबारे रविको बचाउ, आवश्यक सुधारका लागि कदम भएको दाबी

 संवाददाता    २०८३, १६ बैशाख बुधबार १५:४७     7 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिएका छन्। उनले आवश्यक सुधारका लागि अध्यादेश ल्याउनु परेको जिकिर गरेका छन्।

बुधबार रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै सभापति लामिछानेले विगतका सरकारले जस्तो अरुलाई दुःख दिनका लागि अध्यादेश नल्याइएको जिरिक गरे।

बिगतमा भएको अनावश्यक दलियकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पूरा गर्न सकिँदैन,’ लामिछानेले भने, ‘पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन हैन यो आवस्यक सुधारको लागि हो।’

उनले यसलाई कानुनी दायरमा गरिएको अभ्यास भनेका छन्। ‘यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो,’ उनले भने।

लोकतान्त्रिक पद्धतिप्रति रास्वपा गम्भीर रहेको उनको भनाइ छ। ‘कानुन, राजनीतिक ब्यबहार र लोकतान्त्रिक पद्धतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुरा को सुचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ,’ लामिछानेले भने, ‘बिगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण छ। हामी त्यो सच्याउन चाहन्थ्यौ, ईमानदार भएर बढ्यौँ।’