प्रतिनिधिसभाको कामकारबाही नयाँ ढाँचामा, मस्यौदा सभामुखसमक्ष

 संवाददाता    २०८३, ८ बैशाख मंगलवार १५:१६     11 जनाले पढ़िसके



Spread the love

प्रतिनिधिसभाको बजेट अधिवेशन नजिक आइरहँदा प्रतिनिधि सभा नियमावली फाइनल गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

नियमावली मस्यौदा समितिले आज अपरान्ह सभामुख डीपी अर्याललाई बुझाउन समय लिएको हो। सभामुखले रुजु गरेपछि मात्र नियमावली फाइनल हुन्छ। यसको निर्णय आजै हुने सम्भावना छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वमा १५ सदस्यीय समितिले मस्यौदा फाइनल गरेको हो।

प्रतिनिधिसभा सञ्चालन, समिति गठन, कामकारवाही चुस्त बनाउन नियमावली आवश्यक पर्छ। यी विषय केन्द्रित रहेर नियमावली बनाउन पराजुली नेतृत्वको समितिलाई जिम्मेवारी दिइएको थियो।