सिन्धुलीमा दलित युवाको मृत्युपछि रास्वपा सांसदद्वारा प्रशासन घेराउ

 संवाददाता    २०८३, ११ बैशाख शुक्रबार १०:४२     0 View



Spread the love

हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्युलाई लिएर न्याय माग्दै सत्तारुढ रास्वपाका ६ सांसद र दलित अधिकारकर्मी जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको गेटमा धर्नामा बसेका छन् ।

सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विक, आशिष गजुरेल प्रशासनअघि धर्नामा बसेका हुन् । सांसद सुनारले प्रहरीले श्रीकृष्णको हत्या गरेको आरोप लगाएका छन् । अन्तरजातीय बिहेको आरोपमा पक्राउ परेका श्रीकृष्णलाई हिरासतमा कुटेर हत्या गरेको र घटना दबाउन सीडीओ र एसपीले दबाब दिएको पीडितको आमालाई उद्धृत गर्दै सुनारले फेसबुकमा लेखेका छन् ।

सीडीओ, एसपी र खुर्कोटका इन्स्पेक्टरलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने,संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

आज बिहान १० बजे सबैजना प्रशासन आउन पनि उनले सामाजिक सञ्जालबाट अपिल गरेका छन् ।