जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षका युवक पक्राउ

 संवाददाता    २०८३, १० बैशाख बिहीबार १६:०६     61 जनाले पढ़िसके



Spread the love

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा झापाबाट ३० वर्षीय युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-७ बस्ने ३० वर्षीय मुक्ति भट्टराई रहेका प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो।

मुक्तिले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।