११५ मिलियन डलर ऋणका लागि वार्ता टोली गठन

 संवाददाता    २०८३, १० बैशाख बिहीबार १३:४२     12 जनाले पढ़िसके



Spread the love

सरकारले एशिायाली विकास बैंक (एडीबी)बाट ऋण लिनका लागि सम्झौताका विषयमा छलफल गर्न वार्ता टोली गठन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। सरकारले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैंकबाट ऋण लिन लागेको छ।

यस परियोजनाका लागि एडीबीले ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता गर्न लागेको छ। यससम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्ताबेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न मन्त्रिपरिषद्ले वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।

यस्तै, सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ।