इजरायल र लेबननबिच आज दोस्रो चरणको वार्ता हुँदै छ।
बीबीसीका अनुसार वार्ता अमेरिकाको राजधानी वासिङ्टनमा हुनेछ।
वार्ता हालको १० दिने युद्धविराम विस्तार गर्ने कुरामा केन्द्रित हुनेछ।
लेबननी राष्ट्रपति जोसेफ आउनले भनेका छन्, ‘राजदूतस्तरीय वार्ता पूर्णतया इजरायली आक्रमण रोक्ने, लेबननी क्षेत्रबाट इजरायली सेना फिर्ता गर्ने, कैदीहरूलाई रिहा गर्ने, अन्तर्राष्ट्रिय सीमामा सेना तैनाथ गर्ने र युद्धग्रस्त क्षेत्रको पुनर्निर्माणमा केन्द्रित हुनेछ।’
यसअघि यही अप्रिल १६ मा इजरायल र लेबनानबिच १० दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको हो।
उता पाकिस्तानमा हुने भनिएको इरान र अमेरिकाबिच दोस्रो चरणको वार्ता अझै निश्चित भएको छैन।
इरान वार्तामा बस्न अझै सहमत भएको छैन।
पहिलो चरणको वार्तामा इरानले युद्धविराममा लेबननमा लडाइँ रोक्ने कुरा पनि समावेश गर्नुपर्ने सर्त राखेको थियो।
अप्रिल ११ र १२ मा २१ घण्टा भएको अमेरिका-इरानबिचको पहिलो वार्ता निष्कर्षविहीन भएको थियो।