नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले घण्टीमा भोट हाल्नेहरूलाई क्षमापूजा गर्न सुझाएका छन्।
बालेन शाह नेतृत्वको सरकारका मन्त्रीहरू एकपछि अर्को गर्दै विवादमा मुछिन थालेपछि उनले यस्ता कटाक्ष गरेका हुन्।
उनले भनेका छन्, ‘फाटेको जालोले छेकेको छेके पनि छर्लङ्ग देखेको हेर नेपाली हो, घण्टीमा भोट दिएकाले क्षमापूजा गर हो।’
फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले १८२ सीट जितेको थियो। रास्वपा सरकारका मन्त्री र कामलाई लिएर थापाले यस्तो टिप्पणी गरेका हुन्।