अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ ।
तीन दिने नेपालमा भ्रमणमा रहेका कपुर र परराष्ट्रमन्त्री खनालबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको मन्त्रालय जनाएको छ ।
सोमबार नेपाल आएका पलले सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका थिए भने आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट्नेका कार्यतालिका रहेको जनाइएको छ ।