गोकुल बास्कोटा भन्छन्– रास्वपामा अब निर्णायक कब्जा बाँकी

 संवाददाता    २०८३, ८ बैशाख मंगलवार १०:५५     38 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अब ‘फाइनल हाइज्याक’ हुन बाँकी रहेको दाबी गरेका छन्।

गृहमन्त्री सुधन गुरुङलाई गम्भीर आरोप लागिरहेका बेला र प्रधानमन्त्री बालेन्द्र शाहनिकट भूपदेव शाहलाई रास्वपाको महामन्त्री बनाइएको भोलिपल्ट एमाले केन्द्रीय सदस्य बास्कोटाले सामाजिक सञ्जालमार्फत रास्वपाविरुद्ध टिप्पणी गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपामा अब फाइनल हाइज्याक हुन बाँकीजस्तो देखियो। यद्दपि त्यो उनीहरूको मामिला हो।’

तर उनले कुन कुरालाई लक्ष्य गरेका हुन् भन्ने कुनै स्पष्ट संकेत दिएका छैनन्।

यद्यपि गृहमन्त्री गुरुङलाई जेनजी आन्दोलन ‘हाइज्याक’ गरेको आरोप लगाउने गरिएको छ भने हिजो मात्र भूपदेव शाहलाई रास्वपाको महामन्त्री बनाइएको छ।