परराष्ट्रमन्त्री र फ्रान्सेली राजदूतबीच आर्थिक सहयोग र पर्यटन विकासबारे वार्ता

 संवाददाता    २०८३, ७ बैशाख सोमबार १६:३०     2 जनाले पढ़िसके



Spread the love

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिया कोर्टेभालबीच सोमबार भेटवार्ता भएको छ। मन्त्री र राजदूतबीच नेपालको पर्यटन, लगानी, जलवायु परिवर्तन र मान्टेन इकोलोजीका क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको हो।

मन्त्री खनाल भेट्न राजदूत कार्टेभाल सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए।

‘नेपाल र फ्रान्सबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान प्रदान भयो’, परराष्ट्रले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अपडेटमा भनिएको छ।

यसैगरी मन्त्री खनालले सोमबार नै संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संस्था (एफएओ) का नेपाल प्रतिनिधि केन सिमिजुसँग पनि भेटवार्ता गरेका छन्। भेटका अवसरमा नेपाल र एफएओबीचको सहकार्यलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

मित्रराष्ट्र फ्रान्स र अरु युरोपियन देशबाट धेरै पर्यटक नेपाल आउने गरेका छन्। छलफलले दुई देशबीचको सम्बन्ध उद्योग, व्यापारतर्फ पनि जोडिन सक्ने संकेत गरेको छ।