तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो सुन

 संवाददाता    २०८३, ८ बैशाख मंगलवार ११:३१     34 जनाले पढ़िसके



Spread the love

मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ३० रुपैयाँ घटेसँगै ५ हजार १६० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १९० रुपैयाँ थियो ।