रुपन्देहीबाट हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ

 संवाददाता    २०८२, २ जेष्ठ बिहीबार १०:५४     78 जनाले पढ़िसके



Spread the love

प्रहरीले रुपन्देहीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी–८ घर भएका निदेश बानियाँ छन् ।

आरोपीको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार बरामद गरिएको रुपन्देहीका एसपी प्रदीप क्षेत्रीले ताए ।

१ हजार र ५ सयको नोट सहित उनी सिद्धार्थनगर नगरपालिका–५ स्थित मिलनचोकबाट पक्राउ परेका हुन् । आरोपीबारे अनुसन्धान भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।