दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले दिए राजीनामा

 संवाददाता    २०८२, १९ बैशाख शुक्रबार १२:५८     156 जनाले पढ़िसके



Spread the love

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सुले पदबाट राजीनामा दिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हानले बिहीबार प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपति दुवै पदबाट राजीनामा दिएका हुन्।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल महाभियोगबाट पदच्युत भएपछि हान तत्कालीन प्रधानमन्त्री हान कार्यवाहक उपराष्ट्रपति बनेका थिए।

देश र जनताका लागि ठूलो जिम्मेवारी लिन तत्काल पदबाट राजीनामा दिएको उनले बताएका छन्।

उनलेे भनेका छन्, ‘देशका लागि ठूलो जिम्मेवारी वहन गर्ने उद्देश्यले मैले यो निर्णय लिएको छु।’

हानले आगामी जुनमा हुने आम निर्वाचनमा उम्मेदवारी दिन अहिले पदबाट राजीनामा दिएको बताइएको छ।

हानले राजीनामा दिएपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री चोई साङ मोकलाई कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।