कोलकाता: आगलागी भएर १४ जनाको मृत्यु भएको होटलका मालिक र प्रबन्धक पक्राउ

 संवाददाता    २०८२, १८ बैशाख बिहीबार १३:१७     103 जनाले पढ़िसके



Spread the love

भारतको कोलकातास्थित ऋतुराज होटलमा आगलागी हुँदा १४ जनाको मृत्युु घटना अनुसन्धानका क्रममा होटलका मालिक र प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले ऋतुराज होटलका मालिक आकाश चावला र प्रबन्धक गौरव कपुरलाई बिहीबार बिहान पक्राउ गरेको हो।

बीएनसीको धारा १०५ (हत्या नभई अपराधपूर्ण हत्या) र पश्चिम बंगाल अग्नि सेवा ऐनअन्तर्गत जोरसांको प्रहरी चौकीमा दुवै जनाविरुद्ध स्वतः जाहेरी दर्ता गरिएको थियो।

मंगलबार अर्थात् अप्रिल २९ मा कोलकाताको मच्छुआ क्षेत्रमा रहेको ऋतुराज होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भयो।