नगरप्रमुखलाई दुर्व्यवहार गर्ने श्रेष्ठ प्रहरीको नियन्त्रणमा

 संवाददाता    २०८२, १६ बैशाख मंगलवार १०:५८     95 जनाले पढ़िसके



Spread the love

वैशाख १६ गते । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीलाई कार्यकक्षमा दुर्व्यवहार गर्ने पुतलीबजार नगरपालिका –१ का विक्रान्तकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठ जिल्ला उद्योग वाणिज्य सङ्घ स्याङ्जाको पूर्व अध्यक्षसमेत हुन् ।

गत शुक्रबार नगरपालिका पुगेर गालिगलौच गर्नुका साथै हातपात समेत गरेकाले श्रेष्ठलाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।

नगरप्रमुख रेग्मीको निवेदनका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।