देउवा समूहको महाधिवेशनमा शेखरनिकट नेता–कार्यकर्ता पनि सहभागी हुने

 संवाददाता    २०८३, १४ आश्विन बुधबार १६:१९     0 View



Spread the love

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालानिकट नेता कार्यकर्ता शेरबहादुर देउवा समूहको महाधिवेशनमा सहभागी हुने भएका छन्।

सभापति गगन थापालाई काउन्टर दिनको लागि देउवा समूहले भोलिदेखि समानान्तर महाधिवेशनको प्रक्रिया सुरु गर्दैछ।

भोलिबाट वडा अधिवेशनमा स्वविवेकले नेता कार्यकर्ता सहभागी हुने कोइराला सचिवालयले जनाएको छ।

शेखर निकट नेता सञ्जयकुमार गौतमले पनि देउवा समूहको महाधिवेशन प्रक्रियामा सहभागी हुनेहरूलाई आफूहरूले नरोक्ने बताए। यद्यपि, शीर्ष आफूहरूसहित सबै महाधिवेशनमा भाग लिनेगरी कुनै निर्णय नभएको बताए।

उनले भने, ‘हिजो सदस्यता अद्यावधिक गराएर संस्थापन पक्षको महाधिवेशनमा सहभागी हुनेलाई पनि हामीले रोकेनौँ। भोलिबाट सुरु हुने महाधिवेशनमा पनि जानेहरूलाई रोक्दैनौँ। नेता कार्यकर्ताले आफूखुसी निर्णय गर्न सक्नुहुन्छ।’

उनले नेता कोइरालासहित आफूहरूले भने कतैको महाधिवेशन प्रक्रियामा पनि सहभागी नहुने प्रस्ट पारे। देउवा समूहले भोलिबाट महाधिवेशन प्रक्रिया थाल्दै गर्दा संस्थापन पक्षले असोज १८ गते महाधिवेशनको उद्घाटन गर्दैछ।