एआई’को नाम फेर्दै ट्रम्पले दिए नयाँ नाम

 संवाददाता    २०८३, १४ आश्विन बुधबार १२:०१     22 जनाले पढ़िसके



Spread the love

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आधिकारिक रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नाम परिवर्तन गरी सुपर इन्टेलिजेन्स (एसआई) राख्ने आदेशमा हस्ताक्षर गरेका छन्।

इलोन मस्क, सुन्दर पिचाई, मार्क जुकरबर्ग र जेन्सेन ह्वाङजस्ता प्राविधिक दिग्गजहरूसँग मंगलबार ह्वाइट हाउसमा भएको छलफलपछि ट्रम्पले एआईको नाम बदल्ने कार्यकारी आदेशमा मंगलबार हस्ताक्षर गरेका हुन्।

अबदेखि अमेरिकाका सरकारी काम, वेबसाइट र आधिकारिक कागजातमा एआईको सट्टा एसआई शब्द प्रयोग गरिनेछ।

ट्रम्पले भने, ‘कृत्रिम शब्दले यो प्रविधि नक्कली वा कृत्रिमजस्तो सुनियो। यो प्रविधि वास्तविक र साँच्चै अभूतपूर्व छ, त्यसैले ‘सुपर इन्टेलिजेन्स’ शब्द बढी सटिक छ।’

कार्यकारी आदेशमा भनिएको छ, ‘सुपर इन्टेलिजेन्स शब्दले आर्टिफिसियल इन्टेलिजेन्सले भन्दा यस प्रविधिको सम्भावना, क्षमता र द्रुत विकासलाई बढी उपयुक्त रूपमा दर्शाउँछ।’

यसअघि ट्रम्पले ट्रुथ सोसलमा एक सर्वेक्षण सञ्चालन गरेका थिए, जसमा मानिसहरूलाई एआईको नाम के राख्दा ठिक होला भनेर सोधिएको थियो।

ट्रम्पले धेरै विकल्पपछि एआईको नाम परिवर्तन गरी एसआई राखेका हुन्।