नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर-६ को अधिवेशनका क्रममा संस्थापन र इतर समूहका कार्यकर्ताबीच झडप भएको छ ।
क्रियाशील सदस्यताको विषयलाई लिएर भएको तोडफोड र कुटपिटपछि अधिवेशन प्रक्रिया नै अनिश्चित बनेको छ ।
झडपका क्रममा कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलामाथि समेत हातपात र दुर्व्यवहार भएको छ । यस्तै, कुटपिटबाट पार्टीका क्षेत्रीय कार्यवाहक सभापति एवं पूर्वसांसद चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायत घाइते भएका छन् ।
घाइते नेता-कार्यकर्ताहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।